Welcome to Edukum.com

अनारको बोट

व्याकरण खण्ड

लेख्य चिह्नको प्रयोग

  • अल्प विराम (,)
    दुई वा सोभन्दा बढी उस्तै उस्तै शब्दलाई छुट्याउन प्रयोग गरिन्छ ।
    जस्तैः राम, श्याम, हरि र गीता विद्यालय गए ।
  • अर्ध विराम (;)
    ठूला वाक्यभित्र रहेका वाक्यांशहरुमा अल्पविरामभन्दा बढी र पूर्ण विरामभन्दा कम अडिनु पर्ने ठाउँमा प्रयोग हुने चिह्न ।
    जस्तैः नेपालमा तीन प्रदेश छन् ; हिमाल, पहाड र तराइ ।
  • पूर्ण विराम (।)
    वाक्य पूरा भएपछि वाक्यको अन्त्यमा प्रयोग गरिने चिह्न ।
    जस्तैः आज बादल लागेको छ ।
  • उद्गार/उद्धरण चिह्न (!)
    हर्ष, विस्मात, आश्चार्य, घृणा, शोक, आदि प्रकट गर्दा प्रयोग हुने चिह्न ।
    जस्तैः अहो! कति ठूलो सर्प!   आम्मै! कस्तो ठेस् पो लाग्यो ।

वितेको समयलाई भूतकाल भनिन्छ । भूतकालका सामान्य, अपूर्ण, पूर्ण, अभ्यस्त र अज्ञात गरी पाँच पक्ष हुन्छन् ।

  • सामान्य पक्ष
    भूतकालको सामान्य पक्ष बनाउँदा धातुमा निम्न प्रत्यय लगाउनुपर्छ ।
    • प्रथम पुरुषः धातु + एँ, यौँ
    • द्वितीय पुरुषः धातु + इस्, यौ, नभयो
    • तृतीय पुरुषः धातु + यो, ई, इन्, ए

  • अपूर्ण पक्ष
    भूतकालको अपूर्ण पक्ष बनाउँदा धातुमा तै-दै लगाएर सामान्य पक्षको क्रियापदको प्रयोग गर्नुपर्छ ।
    जस्तैः धातु–खाः म खाँदै थिएँ ।

  • पूर्ण पक्ष
    भूतकालको पूर्ण पक्ष बनाउँदा धातुमा एको÷एकी÷एका लगाएर सामान्य पक्षको क्रियापदको प्रयोग गर्नुपर्छ ।
    जस्तैः धातु–जाः म गएको थिएँ । ऊ गएकी थिई । उनीहरु गएका थिए ।

  • अभ्यस्त पक्ष
    भूतकालको अभ्यस्त पक्ष बनाउँदा धातुमा निम्न प्रत्ययहरु जोड्नुपर्छ ।
    • प्रथम पुरुषः धातु + थें, थ्यौं
    • द्वितिय पुरुषः धातु + थिस्, थ्यौ, नुहुन्थ्यो
    • तृतीय पुरुषः धातु + थ्यो, थी, थिन, थे

  • अज्ञात पक्ष
    भूतकालको अज्ञात पक्ष बनाउँदा धातुमा निम्न प्रत्ययहरु जोड्नुपर्छ ।
    • प्रथम पुरुषः धातु + एछु, एछौं
    • द्वितिय पुरुषः धातु + एछस्, इछेस्, एछौ, नुभएछ
    • तृतीय पुरुषः धातु + एछ, इछे, इछिन्, एछन्

अनारको बोट कथाको सारांश |
सहरदेखि टाढा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँका मानिसहरु उदार, श्रमशील र सरल स्वभावका थिए । त्यसै गाउँमा कल्पलता नामकी महिला बस्थिन् । उनको परिवारमा पति र छोरा थिए । एकदिन वनमा घाँस काट्न गएका उनका पति लडेर मरे । बाँचेका छोराको मुख हेरी जीवन निर्वाह गरिरहेकी कल्पलता घरधन्दामा व्यस्त रहिन् ।
अर्को एकदिन विद्यालय गएका कल्पलताको छोरो साथीहरुसँग खोलामा पौडी खेल्न गयो । उसलाई खोलाले बगायो । पति र छोरा दुबैलाई गुमाउनु परेपछि कल्पलता दुब्ली हुँदै गइन् । छिमेकीले धेरै सम्झाइबुझाइ गरेपछि कल्पलताले मन दरो पारेर बाँच्ने साहस गरिन् ।
एकदिन रुखमा बसिरहेको ढुकुरलाई एउटा केटोले मट्याङ्ग्राले हानेर घाइते बनाएको देखी कल्पलताले उक्त घाइते ढुकुरलाई घरमा लगी औषधी उपचार गरेर निको पारिन् । बदलामा उक्त ढुकुरले एउटा अनारको दाना ल्याएर छोडिदियो । भोलिपल्ट कल्पलताले बारीको डिलमा उक्त अनारको दाना रोपिन् । पर्सिपल्ट उठ्दा बोटमा लटरम्म अनार फलेका थिए । कल्पलताले एउटा अनार टिपेर फुटाउँदा हिरैहिरा पाइन् । उनले त्यो हिरा फलेको देखाउन छिमेकीलाई बोलाइन् र सम्पूर्ण वृतान्त सुनाइन् ।
प्रत्येक वर्ष अनारको बोटमा हिरा फल्न थालेपछि कल्पलताले मरीलानु केही छैन भन्ने विचार गरिन् र सबै गाउँलेहरुलाई आफ्नो घरमा बोलाएर म मर्न लागेकी बेला तपाईंहरुको सहयोगले गर्दा यो अवस्थासम्म आइपुगें । अब मलाई अनारको बोट र हिराको काम छैन । म मरेपछि यी सबै गाउँको र विद्यालयको हितमा प्रयोग गर्नुहोला भनिन् । आफूसँग भएका हिरा पनि गाउँलेलाई बाँडिदिइन् । केही समयपछि कल्पलताको मृत्यु भयो । गाउँलेहरुले पति उनकै इच्छा अनुसार बारीमा एउटा सुन्दर र चौबाटोमा उनको प्रतिमा बनाइदिए । बारीमा फलेका अनारबाट प्राप्त हिरा सरकारलाई बुझाइदिए । सबै ठाउँमा विद्यालय, सडक, बिजुली, खानेपानी, टेलिफोन आदिको व्यवस्था भयो । यसले गर्दा कल्पलता मरेर पनि बाँचिरहिन् ।

तलको तालिकामा भूतकालका सबै पक्षमा आधारित केही क्रियापदहरु छन्; तिनलाई पढी बोध गर्नुहोस् ।

सामान्य    अपूर्ण पूर्ण अभ्यस्त  अज्ञात
गयो 
खेलें 
आई 
हाँस्यौं 
जाँदै थियो
खेल्दै थिएँ 
आउँदै थिई 
हाँस्दै थियौं
गएको थियो
खेलेको थिएँ
आएकी थिई
हाँसेका थियौं
जान्थ्यो
खेल्थ्यो
आउँथी
हाँस्थं

गएछ
खेलेछु
आइछे
हाँसेछौं


© 2019 EDUKUM.COM ALL RIGHTS RESERVED


#Things To Remember



1182 Views