Welcome to Edukum.com

नेपाल

नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहने अशेष ।
सङ्गीतको मूल फुटी विशाल
छाल्की रहे झैं लय बद्ध छाल ।।
. . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . .
विपरित पर्दा पनि हाँसीहाँसी
तयार भै चढ्न समेत फाँसी ।
बाँचे बचाए र रमे रमाए
सङ्घर्षले यो मुलुकै जगाए ।।

माथिको 'नेपाल' कवितामा दिइएका जम्मा पाँचवटा श्लोकहरुमध्ये पहिलो, दोस्रो र चौथो श्लोक इन्द्रबज्रा छन्दमा रचना गरिएका छन् भने तेस्रो र पाँचौ श्लोकका सुरुका दुईहरफ उपेन्द्रबज्रा छन्द र पछिल्ला दुईहरफ केन्द्रबज्रा छन्दमा रचिएका छन्। यसरी इन्द्रबज्रा छन्द र उपेन्द्रबज्रा छन्द दुवैलाई मिलाएर रचना गरिएको कवितालाई उपजाति छन्दमा रचित कविता भनेर चिनिन्छ। यो छन्द ११ अक्षरको हुन्छ, प्रत्येक पाँच अक्षरमा यसको विश्राम हुन्छ।

(इन्द्रबज्रा छन्द)
नेपाल प्यारो / पवित्र  देश 
SS| SS   | |S| SS
(उपेन्द्रबज्रा छन्द)
विपत्ति पर्दा / पनि  हाँसी हाँसी 
|S| SS   || | SS

पाठमा प्रयोग भएका देश, धारा, सङ्गीत ,पाना, पर्वत, वृक्ष, लता, खोला, इज्जत, ज्यामी, सिपाही, किसान, पसिना, रक्त, नसा, स्वर्ग आदि नाम शब्द हुन्। नाम शब्दले कुनै व्यक्ति, वस्तु, ठाउँ, नदी, समुह भाव आदिलाई बुझाउँछन्। नाम पाँच प्रकारका हुन्छन्, जस्तै:

व्यक्तिवाचक नाम

जातिवाचक नाम

समूहवाचक नाम

द्रव्यवाचक नाम

भाववाचक नाम

अशोक, पेम्बा, सर्मिला, जनक, नेपाल, जापान, चीन, कास्की, तनहुँ, जनकपुर, वेद, महाभारत, दशैँ, क्रिसमस

पहाड, कापी, गाई, गाउँ, मानिस, चरा, किरा, तरकारी, फुल, हिमाल

समूह, गण, थुप्रो, फौज, झुप्पो, बगाल, बथान, दल, पल्टन, रास, सभा

पानी, ग्याँस, चामल, पिठो, दुध, तेल, धान, मकै, बालुवा, माटो, चिनी, दही, दाल, चाँदी, हिरा, सुन, फलाम

दया, करुणा, माया, रिस, पढाइ, लेखाइ, रुवाइ, भनाइ, गरिवी, यौवन, बुढ्याइँ, विचार, आदेश, चिन्ता


© 2019 EDUKUM.COM ALL RIGHTS RESERVED


#Things To Remember



1130 Views