Welcome to Edukum.com

मामालाई सुधार्ने भान्जो

शब्दार्थ

चर्तिकला - अनौठो काम, करामत
लिखुरे - ज्यादै कमजोर, सिकुटे
बाटो बिराउनु - बाटो भुल्नु
लक्का जवान - भर्खरको तन्नेरी
भलाकुसारी - गफगाफ, कुराकानी
क्षतिपूर्ति - हर्जाना
आनाकानी - आलटाल,हिचकिच
प्रस्ताव - कुनै कामको लागि गरिने आग्रह
रन्थनिनु - छट्पटाउनु, रनाहा लाग्नु
मेवा मिष्ठान्न - मिठो परिकार, स्वादिष्ट खानेकुरा
सौभाग्य - असल भाग्य, भाग्यले प्राप्त राम्रो अवसर
नानाभाँती  - अनेक थरी
बम्किनु - रिसाउदै कराउनु
नियत - भित्री उद्देश्य
पिँध - फेद, तल्लो भाग
जाल - फसाउने कुरा
हायलकायल - हावाकावा, हैरान

पढ र गर
घोडा, उँट, खरायो जनावर हुन् तर कुखुरो पन्छी हो । जनावर विभिन्न जातका हुन्छन् भने पन्छी पनि विभिन्न जातका हुन्छन् ।

सारशं

यस कथामा मामाले अरुलाई ठगेर आफ्नो जीवन गुजारा गर्ने गरेका हुन्छन् । यो कुरा भान्जालाई मन नपरेर मामाको यस बानीलाई सुधार्ने निधो गर्छ । सर्वप्रथम भान्जोले मामालाई घोडाले चाँदी दिसा गर्छ भनी झुट बोल्छ तर भान्जोले पहिले नै घोडालाई खानामा चाँदीको टुक्रा मिसाएर खान दिएको हुन्छ । यो कुरा ठग मामालाई थाहा नभएर उनी ठग्न बाध्य हुन्छन् । घोडालाई मामाले आफूसँग राख्ने निधो गर्छन् । तर भोलिपल्ट घोडाले चाँदीको लिदी दिसा गर्दैन । यो देखेर ठग मामालाई रिस उठ्छ र रिसको झोकमा घोडालाई पिट्छन् र घोडा मर्छ । ठग मामा रिसले चुर हुन्छन् । केही दिन पछि फेरि भान्जा मामाको मामाको घरमा आउँछ । मामालाई फेरि खरायोद्वारा ठग्ने योजना बनाउँछ र मामा पनि ठगिन बाध्य हुन्छन् । भान्जोको कुराले मामालाई लाज भएर उनी निकै रिसाएका हुन्छन् । रिसको झोकमा मामाले भान्जालाई बोरामा हालेर खोलातिर फाल्न लैजान्छन् । खोलातिर लाने क्रममा ठग मामालाई दिसा लाग्छ । ऊ दिसा गर्न नजिकैको झाडीमा जान्छ । बोराभित्रबाट भान्जाले म बिहे गर्दिन भनेर चिच्याउँदा त्यो कराएको उँटवालाले सुनेर उसलाई बोराबाट निकालेर आफूचाहिं बोरामा बस्छ । भान्जा बोराबाट निस्किन सफल हुन्छ । ठग मामाले उँटवालालाई बोरामा हालेर नदीमा फालिदिन्छ । भाग्यवश उँटवाला जसो तसो गरी बाँच्छ । ठग मामा उँटमा चढ्छ । उँटवाला अरु केही नभएर आफ्नै भान्जा हुन्छ र फेरि मामा ठगिन्छन् । भान्जोले मामालाई ठगी गरेर बोरामा बस्न बाध्य बनाउँछन् र भान्जाले मामालाई नदीमा फालिदिन्छन् । मामालाई आफूले ठगी गरेकोमा निकै पछुतो हुन्छ र मामाले कहिल्यै पनि अरुलाई नठग्ने बाचा गर्छन् । मामा र भान्जो घरतिर जान्छन् । 


© 2019 EDUKUM.COM ALL RIGHTS RESERVED


#Things To Remember



1272 Views