Welcome to Edukum.com

युक्तिसामु शक्ति टिक्दैन

शब्दार्थ 

मत्ता  - भाले हात्ती
ढोई     - पोथी हात्ती
मकुना  - दाह्रा नउम्रेको जवान हात्ती
छावा  - हात्तीको बच्चा
वृत्तान्त    - बेली बिस्तार, सम्पूर्ण कुरा
खडेरी      - पानी नपर्दाको हुने सुक्खा अवस्था
उजाड  - सखाप, विनाश
ब्याकुल    - दुःखी, भोक तिर्खाले सताइएको
प्रहर - समयको खण्ड वा भाग
झन्डै  - लगभग, करिब
दँतार  - लामा दाह्रा भएको हात्ती
जल विहार - पानीमा खेल्ने काम, जलक्रीडा
युक्ति - जुक्ति, उपाय
निर्धक्क     - धक नमानीकन, नडराइकन
पूर्णिमा - पुरा जुन देखिने रात
हिम्मत   - आँट, साहस

सारांश

यस कथामा खरायोभन्दा हात्ती सयौँ गुना ठुलो र शक्तिशाली हुने गर्दछन् । त्यसैकारणले तिनीहरुले खरायोहरुको बस्तीमा गएर मनपरी गर्ने गर्दछन् । जसले गर्दा कमजोर खरायोहरुको बिचल्ली भयो । खरायोहरु ज्यादै निराश भए । कमजोर खरायोमध्ये  एउटा बाठो र जुक्तिवाल खरायोले मनमनै एउटा उपाय सोच्यो । उसकै जुक्ति अनुसार हात्तीका राजालाई मुर्ख बनाई सम्पूर्ण खरायोहरु सुख र सन्तोषको जीवन व्यतित गर्न थाले । उता शारीरिक रुपले शक्तिशाली भए पनि जुक्ति–बुद्धिका हकमा कम्जोर भएका हात्तीहरु खरायोहरुको बुद्धिका सामु टिक्न नसकेर त्यस्तो सुख र आनन्द पाइने ठाउँलाई चटक्कै छाडेर उही दु:ख पाउँदै आएको पुरानो ठाउँमा फर्कन बाध्य भए । अत: जुक्तिबुद्धिका अगाडि शक्तिको केही चल्दैन । बलभन्दा बुद्धि नै ठुलो हुन्छ किनभने जतिसुकै बलवान मानिस भएपनि उसको बुद्धि छैन भने यस संसारमा सुखसँग बाँच्न उसलाई निकै गाह्रो हुन्छ । यस कथामा पनि ती कमजोर खरायोहरुले बुद्धि लगाएर आफ्नो जीत हासिल गरे भने ती शक्तिशाली हात्तीहरुले बलको घमण्ड गरेर बुद्धि नलगाएकाले त्यस्तो सुखदमय जङ्गल छाडेर पहिलेकै दु:ख पाएर छाडेको जङ्गलमा फर्कन बाध्य हुनुपर्यो ।


© 2019 EDUKUM.COM ALL RIGHTS RESERVED


#Things To Remember



1530 Views