Welcome to Edukum.com

विद्या नाश

By edukum

Rating (0)
विद्या नाश -img

यो एउटा यस्तो परिचित शब्द हो, जसको जडान समग्र मानव संग गाँसिएको छ | विद्या भित्र त्यो शक्ति हुँदाहुँदै पनि सबैले यसलाई अंगाल्न नसक्नुको कारण सबैको पहुँच सम्म नपुग्नु देखि आफैले मात्र आर्जन गर्ने मनाशाय पनि हो | विद्याले सबैकुराको प्राप्ति हुन्छ भन्ने हेक्का राख्नेहरु कतिपयले यसको फाइदा समग्र संसारलाई दिंदै आइरहेको छ भने कतिले यसबाट प्राप्त ज्ञानलाई विनाश निम्त्याउने साधनहरुको आविष्कार गरेर विद्या नाश गर्दै छ | विद्याको कुनै वर्ग र स्तर हुँदैन | यसको उपयोग प्राचीन समाजमा पनि नभएको होइन | समयको फरक फरक पल संगै विद्याले आफ्नो मार्ग धेरै चित्रण गरिसकेको छ | यसको प्रभाव परेको स्थानहरुमा विकाशको लहर धेरै गुन्जिसक्यो भने जहाँ यसको पहुँच पुग्न सकेको छैन त्यहाँ अझै ज्ञानको खडेरी मात्र पाईन्छ | प्राप्त भएको विद्याबाट समाजलाई माथि उठाउन सके मात्र विद्याले हामी बीच सुखको आभाष दिन्छ | धेरै परिश्रमका बाबजूद हासिल भएको विद्यालाई नितान्त अंगाल्न सक्नुपर्छ | यस्ता विद्यालाई समाजमा नकारात्मक दिशा तिर लगाउँदा सबैको सर्वनाश हुन्छ | समय र मानवीय भावना विद्यारुपी बनाउन चाल्ने कदममा कसैले तगारो लगाउन खोज्छ भने त्यसको हुन्छ विद्या नाश | चिरा-चिरा परेका घाउहरुमा मलमको काम गर्न नसक्ने कठोर मनहरुको हुन्छ विद्या नाश | आफ्नै आँखा अगाडि तितर बितर भएर अस्मिता बचाउको गुहार गर्दा पनि नदेखे झैँ गर्ने नजरहरुको हुन्छ विद्या नाश | विकासको नाममा भ्रष्टाचार गरेर रमाउने कुर्सीका मालिकहरुको मतिमा हुन्छ विद्या नाश | सुशासनको नाममा जनतालाई तनाव दिने नेताहरुको नेतृत्वमा हुन्छ विद्या नाश |

  • . 3 months ago

    विद्या नाश वा भनाैं विद्या नाष्ट याे शिर्षककाे वास्तविक अर्थ खुल्नेगरि वर्तमान नेपालकाे केही घटनाक्रमहरुकाे उदाहरण दिइ ब्लग लेखिएको साह्रै घत लाग्याे। Good job keep it up.

    .