Welcome to Edukum.com

सफल जीवनको श्रीगणेश

By edukum

Rating (0)
सफल जीवनको श्रीगणेश -img

जीवनलाई बचाई राख्नलाई हामी संसार बसाउनु भन्छौं | सम्पूर्ण जीव-जन्तुले आफ्नो जीवन व्यथित गरेकै हुन्छ | जीवनलाई सबैले फरक- फरक शैलीमा बचाई राखेको हुन्छ | यस्ता धेरै मार्गका बाबजुद पनि सबैले जीवनलाई सफल तरिकाबाट समाजको अग्रश्रेणीमा राख्न सकेको हुँदैन किनकि जीवनलाई नितान्त आफ्नो मात्र सोच्ने पनि संसारमा धेरै छन् | उचित शिक्षाको परिदृश्यभित्र कैद गर्न सक्नेले जीवनलाई सफल भएको देख्छ भने अज्ञानताको बीचमा जीवन केवल अन्धकार नै हुन्छ | हुन त मण्डराई रहेको बादलको किनारमा पनि मोती भेट्टीन्छ, यदि नजर सही छ भने भनाई जस्तै जीवनको मूल मार्ग शिक्षाको साथले मात्र पूरा हुने गर्दछ | यो मार्गमा लाग्नाले ढिलो नै भएपनि सबैले सफलता हासिल गर्दछ | जीवनलाई सबैको साझा गन्तव्य जस संग यात्रा गर्दा कहिले नथाकिने बनाउन सक्नु पर्छ | अत: सफल जीवनको श्रीगणेश गर्न कत्ति पनि ढिलो नगरौं |

  • .