Welcome to Edukum.com

प्रयास

By edukum

Rating (0)
प्रयास-img

बिद्यार्थी भित्रको क्षमता प्रदर्शन गर्ने मुख्य चाड को रुपमा लिइने SEE परिक्षा आजबाट शुरु भइरहेको छ | आजको तयारी पनि सबैले आ-आफ्नै ढंगबाट गरेकै हुनुपर्दछ | बिद्यार्थी नै एउटा राष्ट्र निर्माणको दरिलो आश हुनेहुँदा सबैले मिहेनत गर्छन भन्ने विश्वास पनि लिएको छु | अविभावकको कुण्ठीएका सपनामा न्यानोपन केवल यिनै भाइबहिनीले दिन सक्छन | उचित शिक्षाको होडमा धेरै अविभावकले आफ्ना अनगिन्ती सपना केवल तपाईंहरुको भरोसामा तिरस्कार गरेर बसेका हुन्छन् | आउँदो पलहरु आफ्ना सन्तानले सुखमय वातावरणमा महसुस गर्न सकून भनेर नै आफ्नो जीवनको सबै लगानी तपाईंहरुको शिक्षामा लगाएका हुन्छन् | यदि यो भरोसालाई तपाईं कसैले निरार्थक बनाइदिएको खण्डमा अविभावकको मनमा ठूलो धक्का लाग्दछ | तपाईंहरुको भरोसामा नै देशले पनि नयाँ नयाँ विकासका क्रान्ति ल्याउन सक्छ |
                                    तपाईं आँट गर्नोस् हामी पूरा गर्छौं भने  झैं तपाईंहरुको सानो प्रयासले समग्र समाजले त काँचुली फेर्छ नै राष्ट्रले पनि आफ्नो शिर उच्च पार्दछ |हुन त सबै सफल हुन्छ भन्ने हुँदैन तर पनि प्रयासलाई जारी राखेर शिक्षा प्रतिको विश्वास कायम राख्न सके  तपाईंको मिहिनेत खेर पनि जाँदैन | यस्ता कार्यमा कुनै उमेरको हकबंदी समेत नरहेको अवश्तामा गहनशील गहना भएको कारण तपाईंहरु कडा मिहेनतका साथ प्रयास गर्नोस् कुशल  नागरिक देशले अवश्य पाउनेछ | तपाईंहरुको परिक्षा सफल रहोस् |

  • .