Welcome to Edukum.com

भरोसा

By edukum

Rating (0)
भरोसा -img

एक अर्कामा किन होला 
गर्ने  पर्ने भरोसा 
नगरे त हुँदैनहुने 
फेरि जीवन कसरी चलोस् त |

विद्यार्थीलाई असल बनाउन
शिक्षक माथि भरोसा
महँगा रकम अविभावकको काँधमा
सस्तो गरे विद्यालय केले अढोस त |

यात्रीलाई यात्रा गर्दा
चालक प्रति भरोसा
मनपरीको भाडा नदिए
साहुको आय कसरी बढोस् त |

चुनावमा जनता गर्छन
नेतालाई भरोसा
जिते भने चिन्न छाडछन्
हारे भन्छ षड्यन्त्र |

आफ्नै घर बनाउन पनि
छिमेकी बाट भरोसा
साँध अलि नछाडे
समाजमा कसरी बसोस् त |

सक्नु पर्यो एकआपसमा
सबैले भरोसा
नत्र फेरिन्नौ है हामी
यस्तै हुन्छौं हमेशा |

  • .