Welcome to Edukum.com

५ वर्षको उमेरमा १० के.जी. भारी

By edukum

Rating (0)
५ वर्षको उमेरमा १० के.जी. भारी -img

आज घरमा बाबा र मामूको एकाबिहानै झगडा भएछ | धेरैबेरको हल्लाले गर्दा मेरो आँखाले पनि निदाउन नै मानेन र म उठेर उहाँहरुको नजिक पुगें | बाबाले मामूलाई भन्दै हुनुहुन्थ्यो कि यो गलैंचा म सुकाउन सक्तिन अनि मामू भन्दै हुनुहुन्थ्यो तपाइंले घरको काम केहि पनि गर्न मान्नुहुन्न |यति सानो कुरामा घरनै उचाल्नु पर्ने कुनै कारण नै थिएन तरपनि उहाँहरु चुप लाग्ने अवस्थामा हुनुहुन्नथ्यो | मैले दुवैजनालाई एकछिन शान्त हुन आग्रह गरे अनि गलैंचा आफैंले बोकेर छतमा पुर्याएँ | मैले दुवैलाई मिल्न लगाएँ अनि सम्झाउन थालें | तपाईंहरु यति सानो भारलाई बोक्न तयार हुनुहुन्न भने हामी बालक भर्खर ५ वर्षको उमेरमा १० के.जी.को भारीलाई नियमित बोकेर बिद्यालय आवातजावत गर्दा पनि कहिल्यै थाक्यों भनेर नभनेको एउटा किस्सा सुनाएँ |
               हुनपनि हो म जस्ता हजारौं बालबालिका आजको    शैक्षिक मापदण्ड भनौं या पुस्तकको व्यापारको मारले भनौं आफ्नो उमेरको ठीक दोब्बर ओजनको झोला बोक्न बाध्य     छौं | बिहानै सबेरै उठ अनि   हतासले विद्यालय पुग,त्यसपछि  स्वर निख्रिने गरीको घोकाइ अनि  कम्तिमा १०  के.जी. बोक्दै घरसम्मको यात्रा तय गर अनि १० के.जी. भित्रको १०० के.जी.बोझले थिचे झैं लाग्ने गृहकार्य |  कहिले मेटाउने थकान? यो विद्यालयको चरम  लापरबाही हो कि बिध्यार्थीलाई जन्मजात पाएको बरदान, खै बुझ्नै गाह्रो | फेरि सरकारीस्तरको   विद्यालयमा यति धेरै पुस्तक बोकेको देखिदैन तर निजि तिर सरकारले तोकी दिएको  कानून पो होकी |जे जस्तो भएपनि यसको मार समग्र बालबालिकाको शरीरमा    पुग्ने हुँदा बेलैमा हेक्का राख्नु जरुरी देखिन्छ | दिमागी भार भन्दा पनि शारीरिक भार   भएको हुँदा कसैको पनि बालबालिका  स्फूर्त   देखेला जस्तो लाग्दैन | यहि गतिले निरन्तरता पाउने हो भने बिद्यार्थी सबै होचा नै हुन्छन् भन्ने दिन नआउला भन्न सकिन्न | मेरो आफ्नो   विचारमा ...

  • .